दिल्लीमा मोदीको भव्य स्वागत : दुई लाख कार्यकर्तालाई निमन्त्रणा

एजेन्सी: भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भव्य स्वागत’का लागि २ लाख कार्यकर्तालाई दिल्लीमा निमन्त्रणा गरेको छ । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागेको हो । भाजपा नेताका अनुसार, भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन आह्वान गरिसकेको छ । प्रधानमन्त्री मोदीले यस अघि नै उनको पार्टीले ऐतिहासिक रुपमा दोस्रो पटक चुनाव जित्ने बताइ सकेका छन् ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १२:५२