काठमाडौं : दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको ब्राजिलको अवस्था भयावह बन्दै गएको हो । ब्राजिलभन्दा बढी अमेरिका, रुस र बेलायतमा संक्रमित रहेका छन् […]

बेलायतमा लकडाउनविरुद्ध उत्रिए सर्वसाधारण

लन्डन :  कोभिड १९ संक्रमण रोक्न बेलायत सरकारले लागू गरेको लकडाउनविरुद्ध बेलायतभर शनिबार प्रदर्शन भएको छ । सानो संख्या भएपनि उक्त प्रदर्शनले जनता लकडाउनप्रति आजित भएको संकेतका रुपमा लिइएको छ । प्रदर्शनका क्रममा १९ व्यक्ति पक्राउ परेका छन् जसमा प्रतिपक्षी लेबर पार्टीका पूर्व नेता जेरेमी कोर्बिनका भाइ पियर्स पनि थिए । बेलायतका विभिन्न ठाउंमा भएको […]

इटालीमा जुन पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको स्वीकृति

काठमाडौं : इटाली सरकारले शनिबार अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । यो मापदण्ड इटालीले आगामी जुन महिनाको पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी अनुरुप सो मापदण्ड स्वीकृत गरेको हो । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा कठोर लकडाउन व्यवस्था गरेको इटालीको स्वीकृत मापदण्ड बमोजिम जुन ३ देखि अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति […]

वुहानका तीस लाख व्यक्तिमा कोरोना परीक्षण, दश दिनभित्र सबैमा परीक्षण सकाउने लक्ष्य

काठमाडौँ : चिनियाँ शहर वुहानका एक तिहाई जनसंख्यामा कोरोना भाइरसको परीक्षण गरिएको छ । समाचार संस्था रोयर्टसका अनुसार अप्रिल महिना यता वुहानमा तीस लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमणको परीक्षण गरिएको छ । रोयर्टसका अनुसार वुहानमा दश दिनभित्र सबैमा परीक्षण सकाउने लक्ष्यसहित न्यूक्लिक एसिड परीक्षण गरिँदैछ । अप्रिल एकदेखि मई १३ सम्म वुहानमा दश लाख ७९ हजार […]

अमेरिकाले जनताको विश्वासलाई अपमान गर्‍यो : चीन

काठमाडौं : अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे ।  अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना […]

न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि नयाँ मापदण्डको आपतकालिन घोषणा

न्यूयोर्क : विगतमा झुठो विवरण दिएर बेरोजगारी विमा लिएकालाई पनि कोरोनाको महामारीका बेलामा बेरोजगारी विमा रकम पाउनबाट बञ्चित नगरिने भएको छ । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले आपतकालिन मापदण्डको घोषणा गर्दै विगतमा बढी दिनको बेरोजगारी विमा रकम लिएकाहरुलाई पनि कोरोनाको महामारीका बेलामा बेरोजगारी विमा रकम उपलब्ध गराउने घोषणा गरेको छ । विगतमा बढी दिनको बेरोजगारी विमा […]

रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

काठमाडौं : रूसमा कोरोना भाइरस (कोभिड–१९)० का संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । रूसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी छ । मंगलबार मात्रै रूसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ५ जनाको मृत्यु भएको थियो । यस्तै, मंगलबार नै कोरोना परीक्षणमा राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता […]