रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

काठमाडौं : रूसमा कोरोना भाइरस (कोभिड–१९)० का संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । रूसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी छ ।

मंगलबार मात्रै रूसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ५ जनाको मृत्यु भएको थियो ।

यस्तै, मंगलबार नै कोरोना परीक्षणमा राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका छन् । उनी करिब २० वर्षदेखि पुटिनसँगै काम गरिरहेका छन् भने २००८ देखि प्रवक्ताको जिम्मेवारीमा छन् ।

डिमित्रीले तास ज्यूज एजेन्सीलाई भने, ‘हो, म बिरामी छु र मेरो उपचार भइरहेको छ ।’ उनको अवस्था कति गम्भीर छ भन्नेबारेमा भने केही बताइएको छैन । यसअघि रूसी प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण देखिएको थियो । एजेन्सी


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १२:४२