विदेशमा विचल्लीमा परेका नेपालीलाई तत्काल उद्धार नगरे स्थिति भयावह हुने (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुलाई तत्काल उद्धार नगरे स्थिति भयावह हुने चेतावनी दिनु भएको छ । सरकारले विदेशमा रहेका नेपालीको समस्यालाई खासै वास्था नगरेकोमा आक्रोश पोख्दै तत्काल उद्धार नगरे स्थिति भयावह हुने चेतावनी दिनु भएको हो । अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारले […]

एनआरएनए क्यानडाले पठाएको ७५ वटा अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघ क्यानडाले पठाएको ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघ क्यानडाले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत नेपाली समुदायका सस्थाहरु, ब्यवसायीहरु, सामाजिक अभियान्ताहरुको सहयोगमा संकलन गरि खरिद गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर […]

एनआरएनएले पठाएको ४२८ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्दै

काठमाडौं । गैर आवासीय नेपाली संघ र  विभिन्न संघसंस्थाहरुले पठाएको अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिएको छ । एनआरएनएले आयोजना गरेको एक मर्चुअल कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई अक्सिजन कन्सन्ट्रेटर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ ‘अभियान अन्तर्गत गैर आवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा […]

विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग अध्यक्ष पन्तको माग

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारसमक्ष माग गर्नु भएको छ । नेपालमा बन्द हवाई उडानका कारण विदेशमा धेरै नेपालीहरु अप्ठ्यारोमा परेको बताउँदै अध्यक्ष पन्तले तत्काल उद्धार गर्न माग गनु भएको हो । गैर आवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै अध्यक्ष […]

एनआरएनएले पठायो ४२८ अक्सिजन कन्सन्ट्रेटर: कुन एनसिसीको कति सहयोग ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पठाएको ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको हो । संघका अध्यक्ष कुमार पन्तका अनुसार विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको हो । अध्यक्ष […]

विश्वभरका एनआरएनए एनसिसीहरुमा छायो चुनावको रौनक, कहाँ कस्तो तयारी ? (भिडियो रिपोर्ट)

काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन धमाधम शुरु हुन थालेको छ । विश्वभरि ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनएको निर्वाचन धमाधम शूरु हुन थालेको हो । हालसम्म मध्यपूर्वको ओमान र एनआरएनए अमेरिकाले निर्वाचन सम्पन्न गरिसकेका छन् । ओमानमा विकल झा र अमेरिकामा बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको […]

एनआरएनए डेनमार्कद्धारा नयाँ सदस्यताको लागि आह्रवान

कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले नयाँ सदस्यता खुला गरेको छ । एनसिसी डेनमार्कले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यता खुला गदै डेनमार्कबासी नेपालीहरुलाई सदस्यता लिन आह्रवान समेत गरेको छ । एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले नयाँ सदस्यता खुला गर्दै सदस्यता नवीकरण गर्न आह्रवान गरिएको जानकारी दिनु भयो […]