एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । गुरुङले असंख्य शुभचिन्तकहरुको आग्रह, विश्वास र भरोसा अनि समाजसेवाप्रतिको आफ्नो उत्कट चाहनालाई परिपूर्ति गर्ने उद्धेश्यले एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचन २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उहाँले बताउनु भयो । ‘सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै […]

मुगु जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको १० थान अक्सिजन सिलिन्डर सहयोग

मुगु । एनआरएनए अफ्रिकाले मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन् । आजै नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला […]

एनआरएनए डेनमार्कको सदस्य किन बन्ने ?

रविन्द्र खड्का, अध्यक्ष –गैर आवासीय नेपाली संघ डेनमार्क सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा रसियाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्थापना भयो । एनआरएनए स्थापना भएसँगै विभिन्न देशहरुमा विस्तार हुन थाल्यो । सबैभन्दा पहिला बेलायतबाट सन् २००३ मा पहिलो राष्ट्रिय समन्वय परिषद् ९एनसिसी० स्थापना गरियो । विभिन्न एनसिसीहरु विस्तार हुने क्रम जारी रह्यो । […]

एनआरएनएको निर्वाचन सार्ने पक्षमा छैनौ : कुमार पन्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्वाचन तोकिएकै समयभित्र हुने भएकाले भ्रममा नपर्न सबैमा आग्रह गर्नु भएको छ । कोभिड- १९ महामारीका कारण तोकिएको समयभित्र निर्वाचन गर्न कठिनाई भइरहेको भन्दै सार्ने विषयमा प्रस्ताव आइरहेको बेला अध्यक्ष पन्तले निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुु भएको हो । अध्यक्ष पन्तले अहिलेको […]

महामारीकाे कसीमा नेपालीत्व

डा. बद्री केसी नेपालीत्वले हामीलाई संसारको जुनसुकै कुनामा जन्मिए पनि नेपाली नै बनाइराखेको छ । यो नेपालीत्वको वास्तविक परीक्षण सुखभन्दा दुःखमा, अझ संकटमा हुने रहेछ । अहिले दोस्रो–तेस्रो लहर चलिरहेको र अनिश्चित भविष्यबीच कोरोना वैश्विक महामारीको अनुभवले एउटा निकै भावुक र महँगो अनुभूति स्थापित गरेको छ, संकटमा परीक्षित नेपालीत्वका सन्दर्भमा । विश्वभर छरिएका नेपाली दाजुभाइ, […]

एनआरएनए अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड आइसोलेसन सेन्टर स्थापना

जनकपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड- १९ आइसोलेसन सेन्टर स्थापना गरिएको छ । जनकपुरमा रहेको Craniofacial Center मा कोभिड आइसोलेसन सेन्टर स्थापना गरिएको हो । आइसोलेसन सेन्टर स्थापना भएसँगै अहिले बिरामी भर्ना गरी उपचार शूरु गरिएको छ । आइसोलेसन सेन्टरमा बिरामीलाई निशुल्क बेडको वन्दोवस्त गरिएको छ भने […]

गैर आवासीय नेपाली संघको निर्वाचन ६ महिना पछि सार्न प्रस्ताव

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को निर्वाचन ६ महिना पछि सार्न प्रस्ताव गरिएको छ । कोभिड- १९ को विश्वब्यापी महामारीका कारण तत्काल निर्वाचनमा जानु उपयुक्त नभएको भन्दै निर्वाचन सार्न प्रस्ताव गरिएको हो । विश्वभरका एनआरएनए एनसिसीहरु धमाधम निर्वाचन प्रक्रियामा गइरहँदा क्षेत्रीय संयोजकहरुले कोभिड -१९ महामारीको कारण एनसिसीहरु निर्वाचनमा भन्दा नेपालमा स्वस्थ्य सामाग्री […]