एनआरएनएले पठायो ४२८ अक्सिजन कन्सन्ट्रेटर: कुन एनसिसीको कति सहयोग ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पठाएको ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको हो ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको हो । अध्यक्ष
पन्तले एनआरएनए एनसिसीहरु बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरि नेपाल पठाइएको जानकारी दिनु भयो ।

चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेका थिए भने नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो । एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार अक्सिजन कन्सन्ट्रेटर लगायतका सामाग्री एनआरएनए चीन, बेइजिङ स्थित नेपाली दुतावास र ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतावसको सहयोगमा नेपाली ध्वजावाहक विमानले ग्वान्जौ एअरपोर्टबाट सामान लोड गरी नेपाल ल्याएको हो ।

त्यस्तै, एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरि सकिएको अध्यक्ष पन्तले जानकारी दिनु भयो । साथै दुर्गम क्षेत्रमा पठाउने अभियान पनि जारी राखिएको उहाँले बताउनु भयो । विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ ।

कुन एनसिसीले कति पठाए ?

यूके – १५०

अस्ट्रेलिया -१००

क्यानाडा- ७५

जर्मनी– ३०

दक्षीण कोरिया -२०

इटाली- १०

चीन– ७

अन्य संस्थाबाट – ३६

अफ्रिका क्षेत्रबाट २६ अस्पताल.  स्वास्थ्य केन्द्रमा १२५ अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री हस्तान्तरण भइसकेको छ ।


प्रकाशित | २३ जेष्ठ २०७८, आईतवार १०:४४