एनआरएन नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा थप गिजोलिएको बताउनुभयो । उहाँले भन्नुभयो, ”नागरिकताको सवालमा सबै कुरा एकै ठाउँमा हालियो सायद त्यसले गर्दा […]

सरकारका प्रवक्ता पौडेलले भने – एनआरएन नागरिकताको विषय अब छिट्टै टुंगिन्छ

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले एनआरएन नागरिकताको विषय अब छिट्टै टुंगिने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकताको विषय छिट्टै टुंगिने भएकाले त्यसमा चिन्ता नगर्न आग्रह गर्नु भएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘नागरिकताको विषय अब छिट्टै टुंगिन्छ, त्यसमा चिन्ता मान्नुपर्दैन ।’ अर्थमन्त्री पौडेलले एनआरएनका विभिन्न समस्याहरु गैरआवासीय नेपाली […]

१० अर्बको लगानी कोषलाई अघि बढाउन देखा परेका कानूनी र ब्यवहारिक कठिनाईलाई सम्बोधन गर्न केसीको माग

काठमाडौं :  गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे सरकारको ध्यानर्कषण गराउनु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको डा. केसीले १० अर्बको लगानी कोषका कठिनाईलाई तत्काल […]

एनआरएन नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न आचार्यले गराए प्रधानमन्त्रीको ध्यानर्कषण

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकतालाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको आचार्याले संघले उठाएको गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो । ‘एक पटकको नेपाली […]

प्रधानमन्त्री दाहाल र एनआरएनए प्रतिनिधिमण्डलबीच भेटघाट

विदेशमा बस्ने नेपालीको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले […]

मधेश प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ का लागि अभियान चलाउँदै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]

एनआरएनए यूकेका नवनियुक्त अध्यक्ष खडकासहित उपाध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

लन्डन : गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नवनियुक्त अध्यक्ष सुनीलबाबु खडकालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा खड्काको अध्यक्षतामा रहेको नवनियुक्त विभिन्न पदाधिकारी तथा सदस्यलाई शपथ खुवाइएको हो । एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खडकालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो भने […]