एनआरएन नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न आचार्यले गराए प्रधानमन्त्रीको ध्यानर्कषण

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकतालाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको आचार्याले संघले उठाएको गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो ।

May be an image of 5 people and people standing

‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गर्नुभयो ।

एनआरएनको प्रमुख मुद्धा नै एनआरएन नागरिकता भएकोमा जोड दिर्दै अध्यक्ष आचार्यले सरकारले गैर आवासीय नेपाली नागरिकतालाई विशेष प्राथमिकता दिएर अगाडि बढ्न पनि सुझाव दिनुभयो ।

May be an image of 3 people, people standing and indoor

सो क्रममा प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैर आवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गर्नुभयो ।

राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरु थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति खुसी ब्यक्त गर्दै नागरिकताको विषय छिटो टुंग्याइने प्रतीबद्धता ब्यक्त गर्नुभयो ।


प्रकाशित | २ माघ २०७९, सोमबार १९:२५