ऋण तिर्न नसकेपछि भैंसी नै जफत, ऋण चुक्ता गर्छु भन्दाभन्दै भैंसी लखेटियो

जुम्ला: चन्दननाथ नगरपालिका– ७ मिचागाउँका दत्त सार्कीको स्वावलम्बन बैँकबाट गत वर्ष भैंसीपालनका लागि ८० हजार रुपैयाँ ऋण लिए । सार्कीले श्रीमतीको नाममा २०७५ भदौ १० गते स्वावलम्बन बैंक जुम्ला शाखाबाट ८० हजार रुपैयाँ ऋण लिएका हुन् । वार्षिक १२ देखि १८ प्रतिशत व्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झण्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए […]

साउनदेखि मालवाहक सवारी ग्यारेजमै थन्क्याइने

बारा: सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट मा ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउन तथा अनलाइनमार्फत् निगरानी गर्ने नीति ल्याएपछि व्यवसायीहरू आन्दोलित भएका छन् । सरकारले ल्याएको नीति अव्यावहारिक भएको भन्दै व्यावसायीहरूले साउन १ गतेदेखि देशभर सवारीसाधन ग्यारेजमै थन्क्याउने चेतावनी दिएका छन् । आफूहरूले पटकपटक गरेको आग्रहमा समेत सरकारले बेवास्ता गरेपछि कठोर आन्दोलन […]

मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक

काठमाडौं : खानेपानी मन्त्रालयको पहलमा मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन सो क्षेत्रका जनप्रतिनिधिसहितको उच्चस्तरीय बैठक गरिएको छ । खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज मन्त्रालयमा भएको बैठकमा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्या समाधान गर्ने सम्बन्धमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री मगरले मेलम्ची आम सरोकार र राष्ट्रिय गौरवको आयोजना […]

शेयर बजारमा उत्तरचढाव

काठमाडौं : धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १।१२ अङ्कले घटेर एक हजार २४९।१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।७३ अङ्कले घटेर २६८।३३ मा थामियो । स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता […]

नेपाली ध्वजावाहक झण्डासहित व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

–शरद शर्मा नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् । कार्यालयबाट […]

फेरियो रोपाइँको रौनक : हलगोरुको ठाउँमा ट्याक्टर र मिनिटिलर

धुर्वसागर शर्मा /गलेश्वर प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि […]

चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती

आदित्य दाहाल /काठमाडौं काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ । सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै […]