राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यास

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गर्नुभयो । उक्त […]

तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

केदार मगर /खोटाङ साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प […]

कफीखेतीको सम्भावना र माग उच्च

पाँचथर: जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरिएको छ । साँवाले भन्नुभयो, “कफीको बजार राम्रो छ, […]

भूमिसम्बन्धी पुरानो ऐनलाई परिमार्जन गरी नयाँ ऐन ल्याउने तयारी

काठमाडौ: सरकारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका नागरिकको समस्या समाधान गर्ने गरी भूमिसम्बन्धी ऐन ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिहीनको समस्या समाधान हुनेगरी भूमिसम्बन्धी पुरानो ऐनलाई समय सापेक्ष परिमार्जन गरी नयाँ ऐन ल्याउन लागिएको जानकारी गराउनुभयो । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको […]

जडीबुटीमा ‘अण्डर पास’ निर्माणप्रति सरकारको चासो

सञ्चिता घिमिरे /काठमाडौँ  काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । माइतीघरदेखि सूर्यविनायकसम्म छ […]

फलफूलका बिरुवा रोपण देशव्यापी बन्दै, कसरी शुरु भयो अभियान ?

तीर्थ भट्टराई /काठमाडौँ  वृक्षरोपणमा फलफूलका बिरुवा रोपणलाई जोड दिने नीति नेपाल सरकारले अङ्गीकार गरेको छ । गएको वर्ष विश्व वातावरण दिवसका दिन जुन ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोप्नुभएको थियो । एक वर्षअघि रोपिएका ती बिरुवा राम्ररी जागेर झाँगिदै गएका छन् । सरकारले २०७६ लाई वृक्षरोपण वर्ष तथा […]

बेलायतबाट पनि ‘मेगा रेमिट’ सेवा

काठमाडौंं : मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । मेगा रेमिट सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो । यो साझेदारीसँगै बेलायतमा रहेका […]