ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं: ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत निरजीवन बिमा योजनाहरू बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता भएको हो । बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निरजीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रूपले लिन सक्ने बैंकले जनाएको छ ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ०९:५३