सूर्यविनायक स्थानीय स्काउट परिषद्ले पायो पूर्णता, नवनिर्वाचीत सदस्यहरुद्धारा शपथ ग्रहण (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषद्ले पूर्णता पाएको छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट परिषदका अध्यक्ष सरिता तिमिल्सिना भट्टराईको अध्यक्षतामा बसेको परिषदको बैठकमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा स्थानीइ स्काउट परिषद् संरक्षक बासुदेव थापाले बाँकि ६ जनालाई मनोनीत गर्नुभएसँगै पूर्णता पाएको हो ।

नगर प्रमुख थापाले प्रधानाध्यापकको तर्फबाट शान्ति निकेतन विद्यालयका प्रधानाध्यापक दिपक नेपाल, मंहाकालेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण हरि कार्की र भैरव विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत, अन्य चन्दादाताबाट राजन कसपाल, दिपेश बिशुंन्के र श्याम श्रेष्ठलाई मनोनीत गर्नु भएको हो ।

आइतबार स्थानीय स्काउट कार्यालय सूर्यविनायकमा एक कार्यक्रमको आयोजना गरि स्काउट परिषद् सदस्य २१ जनालाई शपथ ग्रहण समेत गराइएको छ ।

नगरपालिकाको प्रमुख आयुक्तमा कृष्मा थोकर नियुक्त हुनु भएको थियो भने सदस्यहरुमा राजाराम बासी, जीवन सुवाल, योगेश हाडा, मिलन कायस्थ, अनील कस्पाल, अनु खोतेजा राजेश्वरी शिल्पकार, खरा कुमारी थापामगर, बिन्द्रा गोसाई र चन्द्रकान्ता प्रजापति निर्वाचीत हुनु भएको थियो । नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा र शिक्षा शाखा प्रमुख रत्न बहादुर कट्वाल पनि सदस्य रहनु भएको छ ।

त्यस्तै, प्रमुख आयुक्त थोकरले स्थानीय शैक्षीक प्रद्धति आयुक्तमा योगश हाडा, स्थानीय सुशासन, स्रोत विकास तथा वित्त आयुक्तमा मिलन कायस्थ, स्थानीय सदस्य बृद्धि आयुक्तमा अनिल कस्पाल, स्थानीय सामुदायिक विकास आयुक्तमा अनु खोतेजा, स्थानीय कार्यकारी समिति सदस्यमा जीवन सुवाल र रमा थापा मगरलाई नियुक्त गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख तथा स्थानीय स्काउट अध्यक्ष सरिता तिमिल्सिना भट्टराई र सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटालगायतले सूर्यविनायक स्थानीय स्काउटको नवनिर्वाचीत टिमले नमूना बनेर काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

 


प्रकाशित | ४ चैत्र २०८०, आईतवार २१:३१