मोदीको सपथग्रहणमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाण्डौ : भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागि भएर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनुभएको छ । भ्रमणमा प्रधानमन्त्रीसँगै धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाललगायतको टोली सपथ कार्यक्रममा बिहीबार दिल्ली गएको थियो ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका नेता सुवास नेम्वाङसहित उच्च अधिकारीहरु पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले भारतमा रहँदा आजै हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गर्नु भएको थियो ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १९:४३