बाना निर्वाचनमा सचिव पदका उम्मेदवार सुशिल खत्रीको पक्षमा माहौल, सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता

बाल्टिमोर : बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को आगामी २०२५-२०२८ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको सुशील खत्रीको पक्षमा माहौल बन्दै गएको छ । सचिव पदका उम्मेदवार खत्रीलाई सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता आएको छ । करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको समाजसेवी खत्री अमेरिकाको नेपाली समुदायमा सामाजीक कार्यमा सक्रिय हुनुहुन्छ ।

‘हाम्रो बाना, राम्रो बाना’ बनाउने उद्देश्यका साथ निर्वाचनमा होमिनु भएको बलियो उम्मेदवार खत्रीले आफ्ना विभिन्न एजेन्डा पनि अगाडि सार्नु भएको छ । ‘नेपाली समुदायलाई भावनात्मक एकतामा जोड्ने उद्देश्य अनुरुप मेरो बानाको सचिव पदमा उम्मेदवारी हो’ , सचिव पदका उम्मेदवार खत्री भन्नुहुन्छ, ‘मैले बानाको आन्तरिक खर्च व्यवस्थापन तथा सदस्यता निःशुल्क गर्ने तरिकाले आफ्नो कार्यकालमा कार्यक्रमहरु लागु गर्न प्रयत्न गर्ने छु र उक्त खर्चको वैकल्पिक मार्ग खोज्ने गरि काम पनि गर्ने छु । ’

सचिव पदका उम्मेदवार खत्रीले सहयोगका लागि सबैमा अपिल समेत गर्नु भएको छ । यस पटकको बाना निर्वाचन २०२५ का लागि १४ पदमा ३० जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउनुभएको छ। विशेष गरी ६ पदहरूमा अत्यधिक प्रतिस्पर्धा हुने देखिएको छ, जसले गर्दा आगामी निर्वाचन अझ रोचक बन्ने देखिन्छ।


प्रकाशित | १ चैत्र २०८१, शनिबार १०:२८