बैंकर्स एशोसियशनको अध्यक्षमा भुवन दाहाल निर्विरोध

काठमाडौं : नेपाल बैंकर्स एशोसियशनको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिका लागि एक मात्र उम्मेदवारी परेपछि  दाहाल निविर्धिरोध भएका हुन् ।

आगामी जनवरीमा हालका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाको कार्यकाल सकिने भएपनि संघले नयाँ कार्यसमितिका लागि बिहीबार नयाँ कार्यसमिति चयन गर्ने साधारणसभाको कार्यक्रम राखेको छ ।

दाहाल यसभन्दा अघि संघमा दुई कार्यकाल कार्यसमितिको सदस्य भएर काम गरिसकेका छन् । संघको उपाध्यक्षमा एसबिआई बैंकका अनुकुल भट्नाकरको मात्र उम्मेद्वारी परेको छ । भट्नाकर अध्यक्ष ढुङगानाको कार्यकालमा पनि उपाध्यक्ष नै हुन ।

यस्तै नयाँ सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेका छन् ।

आगामी कार्यकालका लागि पनि संघको कार्यसमिति सदस्यमा सिभिल बैंकका गोविन्द गुरुङ, एनसीसीका रमेशराज अर्याल र माछापुछ्रेका सुमन शर्माको भने निरन्तरता हुने संघले जनाएको छ ।


प्रकाशित | १८ मंसिर २०७६, बुधबार १२:३८