डेलिगेट्सको समस्या समाधान भए २४ घन्टाभित्र निर्वाचनमा जान तयार छौ: कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले डेलिगेट्स चयन प्रक्रियालाई गुमरामा पारेर भ्रमको खेती गरिएको बताउनु भएको छ । डेलिगेट्सको समस्या समाधान भए २४ घन्टाभित्र निर्वाचनमा जान तयार रहे पनि डेलिगेट्सको विषयलाई गुमरामा पारेर भ्रमको खेती गरिएकाले ययास्थितिमा निर्वाचनमा सहभागि हुन नसकिने बताउनु भयो ।

अंंग्रेजी नयाँ वर्षको अवसरमा आचार्य टिमले शनिबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्नुहुँदै आचार्यले डेलिगेट्स चयन प्रक्रियालाई गुमरामा पारेर भ्रमको खेती गर्दै अनिर्णयको बन्दी बनाउने कार्य भएको बताउँदै आफूहरुको पूर्ववत अडान कायमै रहेको बताउनु भयो ।

आचार्यले आफूहरुमा भएको कमी कमजोरी सबैले सुधार्न आवश्यक रहेको बताउनु भयो । उहाँले डेलिगेट्स समस्या समाधान गर्ने भन्दा आफुलाई दोष दिएर उम्कन खोजेको बताउनु भयो ।

‘जुनजुन देशहरुबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं‘’ उहाँले भन्नु भयो, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’

नयाँ वर्ष २०२२ को अवसरमा भर्चुअल माध्यमबाट आयोजित खुला डबली कार्यक्रममा बोल्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नयाँ वर्ष सन् २०२२ मा सुख, शान्ति, समृद्धि र आनन्द छाओस् भन्दै प्रार्थना गर्नु भएको थियो ।

त्यसैगरी, कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले मनमा दुःखका भारी, बोझ बढ्दै जाँदा, अहंकार, दम्भका आवेग बढ्दा पनि स्वामी आनन्द अरुणकोमा पुग्ने बताउनु भयो ।

कार्यक्रममा समता विद्यालयका संस्थापक उत्तम संजेल, पत्रकार गुणराज लुइँटेलले पनि कार्यक्रममा शुभकामना दिनु भएको थियो । गायक शिशिर योगी र एनआरएन आइडलकी विजेता कविता महतले गीत सुनाउनु भएको थियो ।

एनआरएन क्यानाडाका अध्यक्ष दीपक गौतमले संचालन गर्नु भएको कार्यक्रममा एनआरएनएका पूर्व उपाध्यक्ष क्याप्टेन हितमान गुरुग, महिला उपाध्यक्ष पदकी उम्मेदवार जानकी गुरुगं, उपाध्यक्षका उम्मेदवार आरके शर्मा र थर्क सेन, युवा उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मी, महासचिवका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, खगेन्द्र न्यौपाने  र प्रवीण गुरुगं, सहकोषाध्यक्ष पदका उम्मेदवार रोविन्द्र प्रसाद श्रेष्ठ, महिला संयोजक पदकी उम्मेदवार जुनु गुरुगं, यूरोप क्षेत्रका उपसंयोजक पदका उम्मेदवार दयानिधी सापकोटा, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी र स्पेनका अध्यक्ष शालिक राम डुम्रे लगायतले शुभकामना दिनु भएको थियो ।


प्रकाशित | १७ पुष २०७८, शनिबार २३:३४