बिहानै आयो बझाङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प

काठमाडौं : बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार भूकम्पको धक्का ठूलो भएर आएको छ । तर यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०७:१६