नागरिकताको विषयलाई राजनीतिक एजेण्डा नबनाऔं : उपेन्द्र यादव

काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अङ्गीकृत नागरिकता दिने प्रावधान हटाउन सघर्ष गरिने प्रतिक्रिया दिनुभएको छ । मन्त्री यादवले सञ्चारकर्मीसँग कुराकानी गर्दै विदेशी नागरिकलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था हटाउनुपर्ने अन्यत्र सघर्ष गर्नुपर्ने दिन आएको बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहनुभएका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा बनाउन नहुने बताउनुभयो । नागरिकता वितरणमा विभेदको अन्त्य गर्नुपर्ने बताउँदै मुलुकभित्र बस्ने नागरिकलाई नागरिकता वितरणमा सहज बनाउनु नै अहिलेको लागि उपयुक्त हुने धारणा राख्नुभएको हो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १३:३९