कागेश्वरी मनोहरा नगरपालिकाले बैशाखसम्म उठायो १६ करोड १५ लाख राजस्व

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १६ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

नगरपालिकाले बैशाख महिनासम्म १६ करोड १५ लाख २७ हजार ३४३ राजस्व संकलन गर्न सफल भएको हो । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट सो रकम संकलन भएको हो ।

संकलीन राजस्वमध्ये सबैभन्दा बढी नगरपालिका कार्यालयबाट ५ करोड ७६ लाख ६० हजार ९८२ रुपैयाँ संकलन गरेको छ । वडामा सबैभन्दा बढी वडा नंं ९ ले २ करोड ९० लाख ६१ हजार ८२२ रुपैयाँ संकलन भएको छ भने सबैभन्दा कम राजस्व वडा नंं २ को छ । सो वडाले बैशाखसम्म २३ लाख ७९ हजार २३ रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, वडा नंं १ बाट ४३ लाख ६७ हजार ९२१ रुपैयाँ, वडा नं ३ बाट २८ लाख ६४ हजार २६ रुपैयाँ, वडा नंं ४ बाट ६१ लाख ४३ हजार ८२९ रुपैयाँ, वडा नंं ५ बाट ९८ लाख २५ हजार ७९२ रुपैयाँ, वडा नंं ६ बाट १ करोड ७९ लाख २४ हजार ५०६ रुपैयाँ, वडा नंंं ७ बाट १ करोड ८४ लाख ९१ हजार ७९१ रुपैयाँ, वडा नंं ८ बाट १ करोड २८ लाख ७ हजार ६४६ रुपैयाँ संकलन भएको छ ।

नगरपालिकाले बैशाख महिनामा मात्र १ करोड २६ लाख ६२ हजार ६९७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तो छ बैशाख महिनाको राजस्व संकलन विवरण

This image has an empty alt attribute; its file name is Hybrid-bachat-khata_1200x100-1.gif

प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार १६:४०