कागेश्वरी मनोहराले पछिल्लो ९ महिनामा उठायो १४ करोड ८८ लाख राजस्व

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चैत महिनामा १ करोड ७८ लाख ५१ हजार ३१८ रुपैयाँ राजस्व संकलन गरेको छ । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट गरि सो रकम संकलन भएको हो ।

त्यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा १४ करोड ८८ लाख ६४ हजार ६४६ रुपैयाँ संकलन भएको जनाएको छ । वडा नंं. १ ले ४० लाख ९ हजार १६६ रुपैयाँ, वडा नंं २ ले २१ लाख ५४ हजार ३९६ रुपैयाँ, वडा नंं ३ ले २५ लाख ७७ हजार ८७३, वडा नंं ४ ले २५ लाख ७७ हजार ८७३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तैगरि, वडा नंं ५ बाट ९० लाख २४ हजार ४५७ रुपैयाँ, वडा नंं ६ बाट १ करोड ६६ लाख ८४ हजार ६६० रुपैयाँ, वडा नंं ७ बाट १ करोड ७१ लाख ७७ हजार ६३८ रुपैयाँ, वडा नंं ८ बाट १ करोड १६ लाख ७९ हजार ६२१ रुपैयाँ, वडा नंं ९ बाट २ करोड ६४ लाख ४६ हजार २०६ रुपैयाँ र नगरपालिकाको कार्यालयबाट ५ करोड ३५ लाख ६ हजार ४७३ रुपैयाँ राजस्व संकलन भएको छ ।


प्रकाशित | ३ बैशाख २०८०, आईतवार १५:२९