कागेश्वरी मनोहरा नगरपालिकामा माघसम्म ११ करोड ६१ लाख राजस्व संकलन, कुन वडाबाट कति ?

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको माघसम्म ११ करोड ६१ लाख १९ हजार ८६१ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा नगरपालिकाका ९ वटा वडा र नगरपालिकाबाट सो रकम राजस्व संकलन भएको हो ।

नगरपालिकाका अनुसार १ नं. वडाबाट ३१ लाख ५८ हजार ३६४ रुपैयाँ, २ नं. वडाबाट १४ लाख ५४ हजार ७४८ रुपैयाँ, ३ नं. वडाबाट २० लाख ६ हजार ८५६ रुपैयाँ, वडा नंं ४ बाट ४४ लाख १४ हजार २२५ रुपैयाँ, ७२ लाख ३६ हजार चार सय रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, वडा नं. ६ बाट १ करोड ३१ लाख ७९ हजार ८३८ रुपैयाँ, वडा नं. ७ बाट १ करोड ४१ लाख ४५ हजार ५५५ रुपैयाँ, ८ वडाबाट ९२ लाख ४६ हजार १६० रुपैयाँ र वडा नंं ९ बाट २ करोड १७ लाख ७७ हजार ३४४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यता नगरपालिका कार्यालयबाट मात्र ३ करोड ९५ लाख ३६७ रुपैयाँ राजस्व संकलन भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिका र विभिन्न वडाबाट अपेक्षाकृत राजस्व संकलन भइरहेको र नगरपालिका विकास निर्माणमा लागिपरेको बताउनुभयो ।


प्रकाशित | ४ फाल्गुन २०७९, बिहीबार १९:२२