काठमाडौं : भूकम्प लगायत विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि भएर काठमाडौं उपत्यकाका तीन जना मेयरहरु स्वदेश फीर्ता हुनु भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को आयोजनामा टोकियो सेन्टरमा भएको तालिममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीसहित नेपाल सरकारका बिभिन्न मन्त्रालयका ५ जना वरिष्ठ कर्मचारीहरू सहभागी हुनु भएको थियो । मेयर थापा, कार्की र गिरी गत १३ फागुनमा जापान प्रस्थान गर्नु भएकोमा आइतबार २८ फागुनमा स्वदेश फीर्ता हुनु भएको हो ।

उपत्यकाका स्थानीय तहमध्येबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगर, सूर्यविनायक, कागेश्वरी र चन्द्रागिरी नगरपालिकाका मेयरहरुलाई छनौट गर्दै जापानको तालिममा सहभागि गराएको थियो । तथापी काठमाडौं महानगरका मेयर बालेन साह भने सहभागि हुनु भएन् । भ्रमणको सबै खर्च जाईकाले नै ब्यवस्थापन गरेको छ ।

तालिममा भुकम्प, बाढी पहिरो, समुन्द्री आँधी, ज्वालामुखी बिष्फोटन जस्ता बारम्बार दोहोरीने दुर्घटनाबाट बच्न जापान सरकारले अध्ययन अनुसन्धान, नीति निर्माण, कार्यक्रम संचालनमा गरेका प्रयासहरू प्रशंसनिय र अनुकरणीय रहेको प्रतिक्रिया दिनु भयो । तालिम, स्थलगत अध्ययन र अवलोकन भ्रमण ज्ञानबर्धक र उपलब्धिपूर्ण भएको पनि मेयरहरुको भनाई छ ।

जाईकाको सहयोगमा नेपाल सरकारले काठमाडौं उपत्यकामा भूकम्प लगायतका विपद् जोखिम न्यूनिकरणका लागि कार्यान्वयनमा ल्याउन लागिएको परियोजनाको तयारीका सन्दर्भमा यो तालिम कार्यक्रम सञ्चालन गरेको हो ।
प्रकाशित | २८ फाल्गुन २०७९, आईतवार १९:४७