विश्वभर आठ नेपाली संक्रमित, एकको मृत्यु: एनआरएन स्वास्थ्य समिति

काठमाडौं : कोरोना भाइरसले विश्वब्यापी महामारी फैलिरहँदा अहिलेसम्म विश्वभर बसोबास गर्नुहुने आठ जना नेपाली कोरोना भाइरसबाट संक्रमीत र एक जनाको ज्यान गएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वास्थ्य समितिका अनुसार विश्वभर कोरोना भाइरस महामारीबाट अहिले सम्म आठ नेपाली संक्रमित भएका हुन ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार जर्मनीमा चार, युएईमा दुई, बहराइनमा १ र अष्ट्रेलियामा १ गरि आठ र नेपालमा सहित गरि नौ नेपाली यस भाइरसबाट संक्रमित भएका छन्। दुई थप नेपाली बहराइनमा क्युरान्टिनमा छन।

यस भाइरसले ब्रिटेनमा एक नेपालीको ज्यान लिएको छ। एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष सापकोटाद्वारा दिएको अन्तर्क्रियात्मक विश्व नक्शामा यो जानकारी उपलब्ध छ ।

सापकोटाले यो विश्व नक्शा एनआरएन वेबसाइटमा उपलब्ध हुने र प्रत्येक दिन यसलाई अपडेट गर्दै जाने जानकारी समेत गराउनुभएको छ ।


प्रकाशित | १० चैत्र २०७६, सोमबार ११:४१