एक वर्षमा २ सय बढी कानून बनाउने काम सम्पन्न : कानून मन्त्री ढकाल

भरतपुर: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एक वर्षमा २ सय बढी कानून बनाउने काम सम्पन्न भइसकेको बताउनुभएको छ । कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५ युगीन वर्ष भएको बताउनुभयो । आज भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताउनुभयो ।

उहाँले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिनुभयो । “जनतालाई अधिकारसम्पन्न बनाउने कानूनको हिसाबले मौलिक हकमा रहेका कानून धेरै निर्माण भइसकेका छन्”, मन्त्री ढकालले भन्नुभयो, “देवानी र फौजदारीसँग सम्बन्धित ऐन अघिल्लो वर्षमा पास गरे पनि यसै वर्षबाट कार्यान्वयनमा आएको छ ।”


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १४:२५