साइकल कनेक्ट भक्तपुरद्वारा न्हू दँ भिन्तुना साइकल र्‍यालीको आयोजना

भक्तपुर – राष्ट्रिय संवत नेपाल संवत ११४२ नयाँ वर्षको स्वागत गर्दै साइकल कनेक्ट भक्तपुरद्वारा “पैदल र पेडल मैत्री शहर”को नारा सहित उपत्यका व्यापी भिन्तुना साइकल र्‍यालीआयोजना गरेको छ।

नयाँ वर्षको शुरूबाट स्वच्छ, सफा तथा स्वस्थ तरिकाबाट गर्दा वर्ष भरी नै सोही अनुसार प्रेरणा मिल्ने विश्वासका साथ वातावरण तथा स्वास्थ्य मैत्री साइकल र्‍यालीको आयोजना गरिएको समुहका अध्यक्ष सुमित बालाले जनाएका छन्।

साइकल र्‍याली भक्तपुर दरबार क्षेत्रबाट शुरू भइ नेपाल भाषाका अमर नक्षत्र मास्टर जगत सुन्दर मल्लको शालिक रहेको स्थान खौमा हुदैँ अगाडी बढेको थियो।

सो र्‍याली नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको सालिक रहेको स्थान शंखधर चोक नयाँ ठिमी हुँदै बहाका बजार, पुरानो सिनामंगल, जडीबुटी कोटेश्वर, बानेश्वर माइतिदेवी, नक्साल, नारायणहिती, ठमेल, असन इन्द्रचोक हुदैँ बसन्तपुर काठमाडौँ दरबार क्षेत्रमा पुगेर नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको थियो।

त्यसपछि धरहारा, त्रीपुरेश्वर, थापाथली, कुपोण्डोल, पाटनढोका हुँदै पिमबहालमा समयबजि कार्यक्रम र मंगलबजारमा शुभकामना कार्यक्रम पश्चात पुनः भक्तपुर दत्तात्रय हुदैँ भक्तपुर दरबार स्वायरमा आई र्‍याली समापन भएको थियो।

भक्तपुर तथा भक्तपुर वरिपरि रहेका साइकल यात्री तथा साइकल प्रमीहरूलाई समेटेर पैदल मैत्री तथा साइकल मैत्री शहर निर्माणको निम्ति चेतना बढाउने उदेश्यले स्थापित साइकल कनेक्ट भक्तपुर समुहले हरेक हप्ता शनिबार भक्तपुर वरिपरी रहेकाका विभिन्न स्थलहरूमा साइकल यात्रा आयोजना गर्दै आइरहेको छ।

त्यस्तै, यस समुहले भक्तपुरमा साइकल संकृतिको विकासको उदेश्य सहित हरेक महिनाको प्रथम शुक्रबार भक्तपुर नगरमा सुर्यमढीदेखि दरबार क्षेत्र सम्म खुल्ला साइकल र्याली आयोजना गर्दै आइरहेको छ।


प्रकाशित | २० कार्तिक २०७८, शनिबार १९:२०