गगनले दिए संसदीय दलको नेतामा उम्मेदवारी, प्रस्तावकमा शेखर, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिनु भएको छ । थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ,  विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहनु भएको छ।

संस्थापनइतर समूहबाट थापा सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन हुनु भएको थियो ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक रहनु भएको छ ।

भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।


प्रकाशित | ५ पुष २०७९, मंगलवार १५:१३