सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर बढाउन कम्तिमा २० प्रतिशत लगानी आवश्यक : उपेन्द्र कार्की, मेयर

काठमाडौं : नेपाल नगरपालिका संघका बागमती अध्यक्ष तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले शैक्षीक क्षेत्रको सुधारका लागि लगानी बढाउन आवश्यक रहेको बताउनु भएको छ । सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा मन्तब्य राख्नुहुँदै मेयर कार्कीले विना लगानी शैक्षीक क्षेत्रको सुधार सम्भव नरहेको बताउनु भएको हो ।

सामुदायिक विद्यालयकको गुणस्तर बढाउन तीनै तहको सरकारबाट कम्तिमा २० प्रतिशत लगानी शिक्षा क्षेत्र आवश्यक रहेको मेयर कार्कीको भनाई छ ।

सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न राष्ट्रिय बहस र पौरवी थालेकोप्रति खुसी ब्यक्त गर्दै अहिलेको आवश्यकता राष्टिय शिक्षा नीति नै रहेको स्पष्ट पार्नुभयो । साथै सामुदायिक विद्यालयलाई सुर्धान विभिन्न संस्थाहरु र मन्त्रालयहरुबीच समन्वयतात्मक भूमीकाको खाँचो रहेको पनि उहाँले बताउनुभयो ।

स्थानीय तहलाई सबै अधिकार दिदाँ पनि जिल्ला समन्वय समिति कायम रहेकोप्रति आपत्ति जनाउनुहुँदै मेयर कार्कीले जिल्ला समन्वय समितिले गर्दा विभिन्न समस्या र अल्झन पैदा गरिरहेको बताउनुभयो ।

शिक्षकहरुको ब्यवस्थापन नै सबैभन्दा ठूलो समस्या रहेको र विषयगत तथा तह अनुसार शिक्षकहरुको अभाव रहेको उहाँले बताउनुभयो । प्राविका शिक्षकले मावि सम्म पठाएर धान्नु पर्ने बाध्यताको अन्त्य नगरेसम्म शैक्षीक क्षेत्रमा सुधार सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कतीपय स्थानीय पालिका प्रमुखले विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तोकिदिने गरेको भन्दै र त्यसले शैक्षीक क्षेत्रको सुधार नगर्ने भन्दै सचेत समेत गराउनुभयो ।


प्रकाशित | २१ चैत्र २०७९, मंगलवार २०:२०