कालिन्चोक गाउँपालिका प्रमुखमा गणेश शिवाकोटीलाई उठाउने एमालेको सर्वसम्मत निर्णय

चरिकोट: नेकपा एमाले जिल्ला कमिटि दोलखाले कालिन्चोक गाउँपालिका प्रमुखमा गणेश शिवाकोटीलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ । स्थानीय तहको यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा शिवाकोटीलाई प्रमुखमा उम्मेदवार बनाउने एमालेले सर्वसम्मत निर्णय गरेको हो ।

कालिन्चोक गाउँपलिका-८ सुनखानी निवासी शिवाकोटी यसअघि एमाले दोलखा-काठमाडौं सम्पर्क समितिको अध्यक्ष भइसक्नु भएको छ भने हाल इन्चार्ज हुनुहुन्छ । साथै जिल्ला कमिटि सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै, कालिन्चोक गाउँपालिका उपप्रमुखमा कविता थामीलाई उठाउने निर्णय गरिएको छ ।   एमाले दोलखाले जिल्लाका अन्य स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु पनि टुंगो लगाएको छ ।

एमाले दोलखाले छान्यो ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार, कुन पालिकामा को ?


प्रकाशित | ७ बैशाख २०७९, बुधबार १७:१९