‘सानो मन’ को ‘रानु कम्बर‘(भिडियो )

काठमाडौं: चलचित्र सानो मन रिलिज मिती घोषणा गरिएको छ । चलचित्र आगामी असार २० गतेबाट प्रदर्शनमा आउने भएको हो । सानो मनमा समावेश नृत्य प्रधान गीत रानु कम्बर‘को भिडियो रिलिज गरिएको छ । गीतको भिडियोलाई हाई टेक इन्टरट्रेनमेन्ट च्यानलबाट रिलिज गरिएको हो। यो गीतमा आयुशमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्ट लगायतको नृत्य छ । यो गीतलाई बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका हुन् । उनी बलिउड अभिनेता सलमान खानका नीजि डान्स ट्रेनर हुन् ।

सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार हुँदै गरेको यो चलचित्र सामाजिक प्रेम कथामा आधारित रहेको छ । सुयोग सोताङ र रोमन बज्राचार्यको संगीत, रोेमन र रबी मल्लको शब्द रहेको यो गीतमा निर्देशक सुयोग गुरुङ, सिम्मा राई र रोमनको स्वर रहेको छ । विभिन्न पार्टीमा बज्ने यो गीतमा नायक आयुषमान देसराज जोशीको नृत्य प्रसँसनीय छ । रानू कम्बर‘ गीतमा अभिनेत्री शिल्पा मास्केको नृत्य पनि आकर्षक छ ।

https://youtu.be/ANy6NimqGZ4


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १९:५२