भक्तपुर : बालकोटको गोदावरी करिडोरमा वृक्षारोपण गरिएको छ । सूर्यविनायक नगरपालिकाको नगरपालिकाको सहयोगमा वडा नंं २ मा रहेको बालकोट बौध्दिक समाज र बालकोट ढल समितिको संयोजनमा गोदाबरी करिडोरमा वृक्षारोपण गरिएको हो ।

नगर प्रमुख बासुदेब थापाको अतिथिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, २ र ३ का वडाध्यक्षहरु क्रमश: प्रदिप कार्की र दिपेन्द्र केसीलगायत जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरलाई स्वच्छ, सफा र बस्नलायक बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित | १६ असार २०८०, शनिबार १९:४५