न्यूजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय

न्यूजिल्यान्डले कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले पर्यटनका लागि सीमा नाका खुल्ला गर्ने घोषणा गरेकी हुन् ।

“हाम्रो सिमाना बन्द गर्नु हामीले दुई वर्ष पहिले कोभिडलाई रोक्नको लागि गरेका पहिलो कार्यहरू मध्ये एक थियो। यसले हामीलाई चाहिएको काम गर्‍यो। तर अब हामी अत्यधिक खोप लगाएका छौं र हाम्रो ओमिक्रोन शिखरबाट टाढा हुने भविष्यवाणी गरिएको छ, यो अब खोल्न सुरक्षित छ’, जसिन्डा आर्डर्नले भनिन्।

विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि नयाँ कदम चाल्नुपरेको र सीमा नाका खुल्ला गर्नुपरेको न्युजिल्यान्ड सरकारले जनाएको छ ।

बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकलाई प्रवेश खुल्ला गर्ने निर्णय भएको छ । आउँदो अप्रिल १३ देखि सीमा खुला गर्ने तयारी छ । न्युजिल्यान्डले सन् २०२० को मार्चमा आफ्नो सीमा बन्द गरेको थियो।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार १३:३६