यो साता कति पुग्यो सुनको मूल्य ?

काठमाडौँ- यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा १२ सयले मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो । जुन, यो साताको शुक्रबार १२ सयले घटेर ९२ हजार ६०० रुपैयाँमा आइपुगेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो ।

यस्तै, सोमबार स्थिर रहँदै मंगलबार उकालो लागेको सुनको मूल्य बुधबार पनि बढ्यो । फेरि विहीबार र शुक्रबार फेरी ओरालो लाग्दै अन्तिम कारोबार दिन शुक्रबारसम्ममा ९२ हजार ६०० रुपैयाँमा आइपुगेको हो ।

यस्तै गत साताको शुक्रबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९२ हजार १०० रुपैयाँमा आइपुगेको छ । तेजाबी सुनको मूल्य पनि यो साता प्रतितोला १२ सयले घटेको छ ।

 

 


प्रकाशित | १५ माघ २०७८, शनिबार १३:३४