हङकङबासी नेपालीमा एनआरएनए हङकङको अपिल : कालो अथवा सेतो रंगका कपडाहरु नलगाउनुहोस्

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले यहाँ रहनु भएको नेपाली समुदायमा सबैमा सर्तकता भएर बस्न अपिल गरेको छ । हङकङमा सुर्पुदुगी विधेयक सम्बन्धी आन्दोलनको क्रममा हिंसात्मक घटना धट्नु चिन्ताको विष्या भएको भन्दै सबैमा सर्तकता अपनाउन अपिल गरेको हो । एनआरएनए हङकङ राधिका (टिका) गुरुङले एक प्रेस बिज्ञप्ति जारी गर्दै अपिल गर्नुभएको छ, ‘कसैले तपाईलाई अवैध र हिंसक कार्यमा संग्लग्न हुन प्रोत्साहन गरेमा र भुक्तानी गर्ने बाचा गरेमा अस्विकार गर्नुहोस् । आफु बच्नुहोस् र यस बारे आफ्ना आफन्तजन तथा साथीहरुलाई पनि बुझाऊनु होस ।’ यस्तो छ अपिल;-

#सुरक्षाको दृष्टिकोणले वर्तमान अवस्थामा कालो अथवा
सेतो रंगका कपडाहरु नलगाउनुहोस् ।
#अन्जान मानिसहरु संग सम्पर्क कुराकानी र अनावश्यक
बादबिवाद नगर्नुहोस् ।
#सुरक्षाको दृष्टिकोणले आफ्नो जरुरी काम बाहेक अन्य बेला
बाहिर नहिड्नुहोस् ।
#कुनै अप्रत्याशित घटना दुर्घटना भएको खण्डमा
सुरक्षा-सहयोगको लागि पुलिसलाई सम्पर्क गर्नुहोस् ।
#सधैं सतर्क एवं सुरक्षित रहनुहोस ।


प्रकाशित | १० श्रावण २०७६, शुक्रबार १६:१३