नेकपा कुनै पनि हालतमा फुट्दैन : योगेश भट्टराई

काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पार्टीभत्र केहि विवाद देखिए पनि कुनै पनि हालतमा नेकपा नफुट्ने दावी गर्नुभएको छ ।

‘शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनु भएको मन्त्री भट्टराईले भन्नुभयो, ‘ हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र छैन र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको हो ।

गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईले आज मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चारजना नेता नेकपामा रहकाले नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताउनुभयो ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार २१:२८