इच्छाकामना गोरखा समाज गठन, संयोजकमा बामदेब देवकोटा

मुग्लिन –  चितवनको इच्छाकामनामा गोरखा समाज गठन गरिएको छ । गोरखाबाट चितवनमा आई बसोबास गर्नेहरुको भेलाले आज बामदेब देबकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । अन्तराष्ट्रिय ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी र बिनोद बग्दासको नेतृत्वमा सम्पन्न भेलाले समिति गठन गरेको हो ।

भेलाले सदस्य सचिवमा दिपा परियार ,सदस्यहरुमा बिनोद बाग्दास, बिष्णु अर्याल , कल्याण गुभाजु, राकेश थापा, र कमल नारायण श्रेष्ठलाई चयन गरेको छ।  भेलाले अब छिट्टै इच्छाकामना स्तरीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष अधिकारीले विश्वभरि ३० भन्दा देशमा समाज गठन भइसकेको अवस्थामा नेपालका विभिन्न क्षेत्रमा पनि गठन कार्य थालीएको बताउनु भयो । इच्छाकामना गोरखा समाजको गठन सँगै आगामी दिनमा विकास मुखी काम गदैै जाने र विशेष गरेर चितवनको पहाडी क्षेत्रमा पर्ने इच्छाकामना गाउपालीका पर्यटनको धेरै सम्भावना भएको ठाउँ भएकाले अव केही दुरगामी योजना सहित सामाजिक संस्थाको रुपमा विकास गरिने अधिकारीले बताउनु भयो ।


प्रकाशित | ३० पुष २०७८, शुक्रबार २१:०४