परराष्ट्रमन्त्री भन्छन- एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइएको बताउनुभएको छ ।

गुल्मीमा आजबाट सुरु भएको स्वास्थ्य बीमा घोषणा कार्यक्रममा सहभागी हुन पुग्नु भएको मन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने बताउनुभयो ।

उनले एमसिसीको विस्तृत रूप  थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको बताउँदै उहाँले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताउनुभयो ।

जनताको वर्षौदेखि समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो ।


प्रकाशित | २१ माघ २०७६, मंगलवार १५:५९