ग्लोबल गोरखा समाजको अधिवेशन अक्टोबर १७ तारिखमा हुँदै, तयारी तीब्र

लन्डन । ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको छ । आगामी कार्तिक १ गते अर्थात् १७ अक्टोबर २०२० मा जुम भर्चुवल माध्यमबाट हुन गइरहेको समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागि हुनुहुनेछ । पूर्वप्रधानमन्त्री भट्टराईले जुम भर्चुअल माध्यमबाट हुने अधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ ।

त्यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा गोरखाका नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा सहभागि हुनुहनेछ । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट, एनआरएनएका अध्यक्ष कुमार पन्त, एनआरएनएका संरक्षक रामप्रताप थापा, दिलबन्धु पोखरेल
लगायत देश विदेशबाट विभिन्न अतिथिहरु पनि सहभागि हुने तय भएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

ग्लोबल गोरखा समाजका अध्यक्ष गुरुङले ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनमा सहभागिताको लागि समेत विश्वभरि रहनु भएको सबै गोरखाबासीमा अपिल गर्नुभएको छ । साथै आजीवन सदस्यको लागि पनि आग्रह गर्नुभएको छ । समाजको आजीवन सदस्यको लागि संस्थाको Email:info@globalgorkhasamaj.org , Web: www.globalgorkhasamaj.org मा आवेदन दिन सकिने अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

ग्लोबल गोरखा समाज सन २०१६ मा स्थापना भएको हो । समाजको संस्थापक समेत रहनु भएको अध्यक्ष गुरुङले यो अवधिमा निकै नै उदाहरणीय कार्य गर्दै समाजलाई विश्वभर स्थापीत गर्न पनि सफल हुनुभएको छ । विश्भवरका २५ भन्दा बढी देशमा विश्व सञ्जाल बनाउन सफल समाजले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

विशेष गरि विभिन्न गरिव तथा जेहेनदार विद्यार्थीहरुलाई छात्राबृति प्रदान गर्ने देखि लिएर धेरै कार्यहरु गर्दै आएको छ । अध्यक्ष गुरुङ एनआरएनमा पूर्व आइसिसी सदस्य पनि हुनुहुन्छ । विश्वभरिका गोरखालीलाई एकजुट बनाउन उहाँको ठूलो योगदान छ ।


प्रकाशित | २७ आश्विन २०७७, मंगलवार ११:४३