विगतमा मैले गरेका कामको मूल्यांकन गरेर नेतृत्व चयन हुनेमा विश्वस्त छु : बुद्धी सुवेदी (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी अभियान सञ्चालन गरिरहनु भएको छ । त्यस्तै,  हालका उपाध्यक्ष बुद्धी सुवेदी पनि चुनावी मौदानमा हुनुहुन्छ । सुवेदी अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको छ । उनै सुवेदीसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले छोटो कुराकानी गर्नुभएको छ ।  प्रस्तुत छ, सुवेदीसँग गरिएको कुराकानीको सम्पादीत अंश :-

तपाईको अध्यक्षमा नै उम्मेदवारी किन ?

म अहिले उपाध्यक्ष हो । मैले हिजोका दिनमा गरेका कामहरुको मूल्यांकन र संस्थालाई भोलीका दिनमा सफल र उत्कृष्ठ बनाउन सक्ने भिजन र योजना छन् । मैले संस्थालाई बुझेको छु । म सँग त्यही अनुरुपका एजेण्डा पनि छन् र मैले साथीहरुलाई त्यही रुपमा अघि बढाएको पनि छु । म हिजो च्याप्टर सभापति हुदैं एनआरएनको उपाध्यक्ष पनि हो र अहिले अध्यक्षको उम्मेदवारको रुपमा म सबैभन्दा उत्कृष्ठ छु जस्तो मलाई लाग्छ ।

म गएका प्रत्येक कार्यक्रमहरुमा निकै नै उत्साहपूर्ण सहभागिता हुने गरेको छ । यसबाट पनि मलाई अमेरिकामा रहेका नेपालीहरुको ठूलो साथ रहेको भन्ने कुरा प्रष्ट हुन्छ । 

तपाईका चुनावी एजेण्डाहरु के–के छन् ?

समाजमा भएका समस्याहरुलाई नै एजेण्डा बनाइन्छ । कहाँ कहाँ कस्तो समस्या छ त्यही आधारमा एजेण्डा तय हुन्छ । व्यक्तिगत एजेण्डा भन्दा पनि गैर आवासीय नेपालीहरुको समस्यालाई नै एजेण्डा बनाइन्छ । अहिले मुलतः युएस सरकार र नेपाल सरकारसंग समन्वय गरेर पाउनु पर्ने अधिकारहरु जस्तो पैत्तिक सम्पत्तिको कुरा छ एउटा, विशेष गरी पहिलो पुस्ता विदेशी पासपोर्ट लिएकाहरु जसको पासपोर्टमा जन्मथलो नेपाल लेखिएको हुन्छ । तिनीहरु नेपाल जाँदा खेरी टुरिष्ट भिसा लगाएर नेपाल जानु पर्छ । यो निकै नै पेचिलो विषय रहेको छ । यो विषयमा नेपाल सरकारसँग निकै गहन रुपमा छलफल गर्नु पर्छ । गैर आवासीय नेपालीका नागरिकताका कुराहरु, त्यस्तै विदेशमा रहेका नेपालीहरु आफै स्वरोजगार बन्नका लागि काम गर्नुपर्छ भन्ने लागिरहेको छ । यी र यस्तै अन्य एजेण्डाहरु नै हाम्रो प्राथमिकतामा पर्छन् ।

उम्मेदवारले भोली यो यो काम गर्छु भन्नु भन्दा पनि हिजोको दिनमा के–के काम गर्यो भन्ने आधारमा नै चुन्नु पर्छ  । हिजोका दिनमा मैले गरेका कामहरुको इतिहास हेर्नुपर्छ । अन्य उम्मेदवार भन्दा मैले विगतमा धेरै नै उत्कृष्ठ कामहरु गरेको छु ।

एनआरएन अमेरिकामा हालसम्म यहाँले पुर्याउनु भएको योगदानहरु के–के छन् ?

एनआरएन अमेरिकामा म सन् २०१४ बाट नै आबद्ध छु । यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गर्दै आइरहेको छु । म सन् २०१७ बाट सन् २०१९ सम्ममा म बसेको राज्यको संस्थापक च्याप्टर सभापति हो । त्यो समयमा पनि मैले धेरै नै उपलब्धिमूलक कामहरु गरेको छु । यहाँका गैर आवासीय नेपालीहरुले प्रत्यक्ष रुपमा अनुभव गर्न सक्ने गरी मैले केही कामहरु गरेको थिए । अहिले म गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष हो र उपाध्यक्षको रुपमा पनि मैले सक्ने सम्मका उपलब्धिमूलक कामहरु गरेको छु । म उपाध्यक्ष हुँदैं गर्दा अमेरिकाको एक्जुकेटिभ वोर्डले मलाई एउटा जिम्मेवारी दिएको थियो , त्यो जिम्मेवारी भनेको मेम्मरसिप हो । मलाई मेम्मरसिपको प्रमुख बनाएको थियो । त्यो बेला अत्यन्त अप्ठेरो अवस्था रहेको थियो । त्यतिबेला पेन्डामिक चलेको थियो । पेन्डामिकको समयमा विभिन्न ठाउँहरुमा गएर मानिसहरुलाई भेटेका थियौ । अमेरिकाका धेरै शहरहरुमा पुगेर मेरो र संस्थाको कुराहरु बुझाए । जसले गर्दा अहिलेसम्म संसारको सबैभन्दा ठूलो एनसीसी बन्न सफल भएको छ । अहिले अमेरिकामा २० हजार मेम्मरसिप रहेको छ । त्यो एउटा पछिल्लो उदाहरण हो । म भाषण भन्दा पनि काममा विश्वास गर्छु ।

अध्यक्ष पदको लागि अन्य उम्मेदवार पनि हुनुहुन्छ, तपाईलाई नै किन चुन्ने ?

उम्मेदवारले भोली यो यो काम गर्छु भन्नु भन्दा पनि हिजोको दिनमा के–के काम गर्यो भन्ने आधारमा नै चुन्नु पर्छ जस्तो लाग्छ मलाई । हिजोका दिनमा मैले गरेका कामहरुको इतिहास हेर्नुपर्छ जस्तो मलाई लाग्छ । अन्य उम्मेदवार भन्दा मैले विगतमा धेरै नै उत्कृष्ठ कामहरु गरेको छु । त्यसकै आधारमा मूल्याकंन हुन्छ जस्तो मलाई लाग्छ । अन्य उम्मेदवार भन्दा म नै सर्वोत्कृष्ट हो । गैर आवासीय नेपालीहरुले पनि त्यही बुझ्नु हुन्छ जस्तो लाग्छ मलाई ।

अमेरिकाबासी नेपालीहरुको साथ र समर्थन पाउनेमा कत्तिको विश्वस्त हुनुहुुन्छ ?

म गएका प्रत्येक कार्यक्रमहरुमा निकै नै उत्साहपूर्ण सहभागिता हुने गरेको छ । यसबाट पनि मलाई अमेरिकामा रहेका नेपालीहरुको ठूलो साथ रहेको भन्ने कुरा प्रष्ट हुन्छ । एनआरएन अभियानमा अहिलेसम्मकै रेकर्ड हो भन्ने कुराहरु पनि आइरहेको छ । यति धेरै सहभागिता, यति धेरै उत्साहपूर्ण उपस्थितिले मलाई हौसला प्रदान गरेको छ ।

चुनावी अभियानको क्रममा अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुले मलाई उर्जा थपिरहनु भएको छ । संस्थाको नेतृत्व तपाईले नै लिनुपर्छ भन्ने खालका प्रतिक्रियाहरु आइरहेका छन् ।

चुनावी अभियानको क्रममा अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुले मलाई उर्जा थपिरहनु भएको छ । संस्थाको नेतृत्व तपाईले नै लिनुपर्छ भन्ने खालका प्रतिक्रियाहरु आइरहेका छन् । तपाईलाई संस्थाको वास्तविक मर्म थाहा छ । त्यसैले तपाईले नै नेतृत्व लिनुपर्छ भन्ने खालका प्रतिक्रियाहरु आइरहेका छन् ।

अन्त्यमा भन्नैपर्ने केही छ ?

मतदाताहरुले यो मेरो तेरो भन्नु भन्दा पनि कसले हिजोका दिनमा राम्रो काम गर्यो, को उत्कृष्ठ उम्मेदवार हो र भोलीका दिनमा कसले संस्थालाई राम्रोसँग चलाउन सक्छ भन्ने कुरामा ध्यान दिनुहुनेछ र सोही अनुसार मतदानमा सहभागिता जनाउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।


प्रकाशित | १६ बैशाख २०७८, बिहीबार १०:१४