एनआरएनए तान्जानियामा पुष्पराज भट्टराई पुनः निर्वाचित

तान्जानिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति तान्जानियामा दोश्रो कार्यकालका लागि पुष्पराज भट्टराई पुनः अध्यक्षमा निर्बिरोध निर्बाचित हुनु भएको छ । संघका पुर्व अध्यक्ष तथा अनुगममकर्ता भीमसेन क्षेत्रीका अनुसार कार्यसमिति निर्बिरोध चयन भएको हो ।

एनआरएनए तान्जानियाको आगामी कार्यकालको लागि उपाध्यक्षमा पासाङ शेर्पा (आरुषा), बिनोद पटेल (दार एस सलाम) र नारायण प्रसाद अर्याल (जान्जीबार) निर्बिरोध निर्बाचित हुनु भएको हो ।

त्यस्तै, महासचिवमा नविन पण्डित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन, सह–कोषाध्यक्षमा सन्तोष उदास, युवा संयोजकमा कृष्णबहादुर सुनार, महिला संयोजकमा सपना ढकाल चयन हुनु भएको छ ।

त्यस्तैगरि, कार्यकारी सदस्यमा महेश गिरी , सिलम कुमारी, किसन दमाई र थानेश्वर दर्जी रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा प्रेम प्रसाद गुरुङ र संरक्षकमा पुर्व अध्यक्ष भिमसेन क्षेत्रीलाई चयन गरिएको छ ।


प्रकाशित | १६ श्रावण २०७८, शनिबार १९:५३