कोरोना संक्रमण बढेसँगै बैतडी नगरपालिकाको सबै सेवा बन्द

बैतडी– बैतडीको मेलौली नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत् पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि यही माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

यसैबीच, जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ । दन्त सेवा विभागमा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १४:०७