एनआरएनएको खेलकुद प्रतिष्ठान र केल्मीबीच सहकार्य, ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को खेलकुद प्रतिष्ठान र केल्मीको नेपाल वितरक कमारु ट्रेडिङं प्रा.लिं. बीच ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठाको खेलकुद विकास र प्रबद्र्धन अभियानमा सहयोग तथा सहकार्य गर्ने उद्देश्यले विभिन्न ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

संघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानको तर्फबाट गैर आवासीय नेपाली संघ महिला उपाध्यक्ष तथा महिला तथा युवा विभाग प्रमुख रविना थापा र केल्मीको नेपाल वितरक कमारु ट्रेडिङं प्रा.लिं. का प्रबन्धक निर्देशक तथा एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो कार्यक्रममा एनआरएनए मध्य पूर्वका उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), सदस्य सचिव धर्म राज गिरीलगायत प्रतिष्ठानमा आबद्ध टिमको सहभागिता थियो । सम्झौताअनुसार अब खेलकुद प्रतिष्ठानलाई केल्मीद्धारा उत्पादित खेल पोशाक (ट्रयाक सुट ) आवश्यक साईजमा प्रष्ठिानले उपलब्ध गराएको ढाँचा र डिजाईन बमोजीम सहुलियत दरमा उपलब्ध गराइनेछ ।

त्यस्तै, गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदा सहभागि हुने खेलाडीहरुका लागि खेल विधा हेरि आवश्यकता अनुसारको संख्यामा केल्मी अंकित खेलकुद किटहरु ( ब्याग, रुमाल, जुत्ता र टिसर्ट सहितको किट ) केल्मी र त्यसको नेपाल वितरक कमारु ट्रेडिङं प्रा.लिं.ले प्रायोजन गर्ने सम्भौता-पत्रमा उल्लेख छ ।

त्यस्तैगरि, प्रतिष्ठानको फुटबल, भलिबल र क्रिकेट टिमका लागि खेलकुद किट सहित जर्सीहरु प्रतिष्ठानले तयार गरिदिएको डिजाईन र ढाँचामा छपाई समेत गरि प्रायोजन स्वरुपमा कमारु ट्रेडिङं कम्पनीले खेलकुद प्रतिष्ठानलाई उपलब्ध गराउनुपर्ने लगायत सम्झौतापत्रमा उल्लेख छ ।


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १७:३५