आज तराई र पहाडमा वर्षा, हिमालमा हिमपात

काठमाडौं : आज देशका तराई र पहाडका केही स्थानहरुमा दिउँसो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी र हिमाली भागहरुमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ । यसका कारण वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

बुधबार राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडी तथा तराईका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

बिहिबार हिमाली भू(भागमा भारी हिमपात र पहाडी र तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । राति पनि यस्तै मौसमी अवस्था रहने अनुमान गरिएको छ । हिमालमा हिमपात हुँदा काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा चीसोको प्रभाव बढेको छ ।


प्रकाशित | १६ पुष २०७६, बुधबार ०९:०२