स्थानीय तह निर्वाचन : कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गर्नु भएको हो ।

८८ पृष्ठ लामो घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा काँग्रेसले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला काँग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।

घोषणापत्रमा सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी सहायता भत्ता र गर्भवती पोषण प्याकेज दिइने उल्लेख छ । यस्तै, किसानलाई दुईदेखि चार प्रतिशत ब्याजमा ऋण, उन्नत बिउ र पशुपक्षीमा ५० प्रतिशत अनुदान, बजारीकरणका लागि कृषि एम्बुलेन्सलगायतका विषय पनि कांग्रेसले घोषणापत्रमा समावेश गरेको छ ।

त्यस्तै, १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनै पर्ने, वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ नगरमा विशेषज्ञ सेवासहितको प्राथमिक अस्पताल, तथा उपमहानगर र महानगरमा विशेषज्ञ सेवासहितको अस्पताल बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ


प्रकाशित | ११ बैशाख २०७९, आईतवार १४:२०