काठमाडौं । टेकु अस्पताल भनेर चिनीने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुल्क तिर्न नसक्नेको निःशुल्क उपचार गर्ने भन्दै भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । अस्पतालले यसअघि निःशुल्क उपचार लिन चाहनेले गरिब परिचयपत्र र स्थानीय तहको सिफारिस ल्याउनु पर्ने र त्यो गर्न नसक्नेले धरौटी राख्नु पर्ने सूचना निकालेको थियो ।

चौतर्फी आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले उपचार गर्न आर्थिक रुपमा सक्षम छैन भनेर भन्नेहरुको निशुल्क उपचार गर्न निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार अब अस्पतालमा भर्ना हुन धरौटी राख्न नपर्ने अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले स्पष्ट पार्नुभएको छ ।

प्रकाशित | १७ कार्तिक २०७७, सोमबार १६:०६