कोरोना रोकथाममा सरकारको उच्च सतर्कता, अब २५ जना बढी मानिस भेला हुन नपाउने

काठमाडौं : सरकारले कोभिड( १९ नियन्त्रणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले कोभिड( १९ नियन्त्रणका लागि भन्दै सिनेमा हल, साँस्कृतिक केन्द्रहरु लगायतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सिने माहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो।

बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ।


प्रकाशित | ५ चैत्र २०७६, बुधबार २१:२४