खुलामञ्चको सटरमा महानगरले डोजर चलायो

काठमाडौं : खुलामञ्‍चमा अवैधानिक तवरबाट निर्माण गरिएका सटर भत्काइएको छ । काठमाडौं महानगरले अवैधातानीक रुपमा बनाइएका तहरा डोजर लगाएर ण्ण् भत्काएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सटरहरू भत्काइएको हो। सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए ।

महानगरपालिका र ठेकेदार कम्पनी स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको पाइएको थियो। यसको चौतर्फी विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरू भत्काइएको हो।  खुलामञ्चमा नयाँ ४३ र पुराना नौ गरी ५२ सटर सञ्चालनमा थिए ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १५:५२