एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौँ – कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागु हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

धेरै जिल्लामा संक्रमण बढेको र आवातजावात बढेपछि पास वितरण केही दिनलाई पूर्ण रुपमा बन्द गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला भित्र भने सरकारले तोकेअनुसार सवारी सञ्चालन गर्न पाइने छ ।

मन्त्रालयले कोभिडको उच्च जोखिमलाई विचार गरी अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।


प्रकाशित | २९ श्रावण २०७७, बिहीबार ०८:०८