भक्तपुरमा जुवातास खेल्ने १६ जना पक्राउ

भक्तपुर: प्रहरीले जुवातास खेलिरहेको अवस्थामा भक्तपुरमा १६ जनालाई पक्राउ गरेको छ । जिल्लाको दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।

जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।


प्रकाशित | ४ श्रावण २०७६, शनिबार १२:२३