नेयमारलाई लोनमा ल्याउने तयारी

एजेन्सी :  स्पेनिसि महारथी क्लब बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने तयारी गरेको छ । बार्सिलोनाले आगामी दिनमा किन्ने शर्त सहित नेयमारलाई लोनमा ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

ब्राजिली स्टार नेयमार पछिल्लो समय नाउ क्याम्पसंग जोडिएका छन् । तर बार्सिलोनाले अहिलेसम्म कुनै औपचारिक प्रस्ताव भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग राखेको छैन ।

२७ बर्षका ब्राजिली स्टारलाई पीएसजीले नयाँ सिजनको दोस्रो खेलमा समेत टिम बाहिर राखेको थियो । नेयमारको अनिश्चित भविष्यलाई लिएर क्लबले सिजनको सुरुवाती दुई खेलमा सहभागी नगराएको हो ।

फ्रान्सेली लिग वानले पछिल्लो समय नेयमारलाई बेच्ने तयारी गरेको छ । उसले सन् २०१७ मा नेयमारलाई २ सय मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो । सोही कारण नेयमार सरुवा बजारको अन्तिम मिति सेप्टेम्बर २ अगाडीनै परिस छोड्न चाहन्छन् ।

बार्सिलोनाका फुटबल निर्देशक इरि एबिडाल र बोर्ड सदस्य यसअघि पेरिस पुगेर पीएसजीसंग छलफल गरेका थिए । तर फ्रान्सेली क्लबका स्पोर्टिङ डिरेक्टर लियोनार्दो भने नेयमारको बिषयमा कुनै उच्चतम सहमती बन्न नसकेको बताएका छन् ।

पीएसजीले नगद मुल्य र खेलाडीसंग समेत नेमयारलाई साट्न चाहन्छ । अर्को स्पेनिस महारथी क्लब रियल मड्रिड समेत नेयमारलाई क्लबमा अनुबन्धन गराउने प्रयास गरिरहेको छ ।


प्रकाशित | ३ भाद्र २०७६, मंगलवार १२:०९