एक महिनाको लागि धनगढी विमानस्थल बन्द

धनगढी: धनगढी विमानस्थल बन्द भएको छ । बिमानस्थल आजदेखि एक महिनाका लागि बन्द भएको हो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गर्न लागिएकाले बन्द गरिएको हो । धावनमार्गको स्तरोन्नतिका लागि जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको  प्रमुख बुढथापाले बताउनुभयो ।  आइतबारदेखि निर्माण कम्पनीले काम सुरु गरिसकेको छ। १० वर्षमा धावनमार्गको स्तरोन्नति गर्नुपर्ने भए पनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नति गरिएको छैन ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १५:४५